नियम ७१
असल नियतले वार्ता गर्न निर्देशन दिन सक्ने
: (१) सामूहिक मागदाबी पेश गर्ने सामूहिक सौदाबाजी समिति वा रोजगारदाता वा रोजगारदाता सङ्गठनले वार्ता गर्न अस्वीकार गरेमा वा वार्ता गर्दा असल नियतले वार्ता नगरेमा मर्का पर्ने पक्षले असल नियतले वार्ता गर्न गराउन विभागसमक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त  भएमा विभागले वार्ताका पक्षहरूलार्इ असल नियतले वार्ता गर्न निर्देशन दिन सक्नेछ।